चेतना (Consciousness)

सरल भाषामा भन्ने हो भने भित्रि र बाहिरी अस्तित्वको बोध गर्ने तत्वलाई चेतना भनिन्छ। हाम्रो जगतमा मुख्य गरी तीन प्रकारका अस्तित्व छन्। पहिलो हो आकाश (Space), दोस्रो हो पदार्थ (Matter) र तेस्रो हो उर्जा (Energy)। सूक्ष्म आकाशलाई अन्तरिक्ष भनिन्छ। वास्तवमा आकाश र पदार्थ पनि उर्जाकै भिन्न रुप हुन् अर्थात् अदृस्य उर्जाबाटै पदार्थ र आकाशको निर्माण हुन्छ। आकाश खाली जस्तो देखिने हुन्छ र यो ध्वनि संग सम्बन्धित हुन्छ। वायुयुक्त आकाशले स्थुल ध्वनिको संचार गर्छ भने शुद्ध आकाशले सूक्ष्म ध्वनिको संचार गर्ने कार्य गर्दछ। जुन ध्वनि तथा आवाज हाम्रो कानले सुन्न सक्छ त्यसलाई स्थुल ध्वनि भनिन्छ र हामीले मनमनै सोच्ने विचार नै सूक्ष्म ध्वनि हो। आकाशमा अनन्त ध्वनिहरू हुन्छन् जसलाई हाम्रो कानले सिधै सुन्न सक्दैन। ती सबै सुक्ष्म ध्वनि हुन्। आकाशको कुनै पनि रुप रंग हुन्न। पदार्थको भने रुपरंग हुन्छ अर्थात् पदार्थको कुनै न कुनै प्रकारको आकृति हुन्छ। अदृश्य स्वरूप उर्जाको भने भाव हुन्छ। ध्वनिप्रधान उर्जा नै आकाश हो र आकृतिप्रधान उर्जानै पदार्थ हो। ध्वनि, दृश्य र भावको अनुभूति गर्ने तत्व नै चेतना हो।

Comments

Popular posts from this blog

Title Cover

Inside Cover and Before Pages